कृष्ण ओलीलाई सहयोग गर्ने हात थपिए, गुमेको खुशी फर्कदै (भिडियो सहित)



काठमाण्डौ ।
भनिन्छ जिन्दगीमा कति बेला के हुन्छ कसैलाई पनि थाहा हुदैन रे त्यस्तै भयो रुकुमका २१ बर्षीय कृष्ण वलीको जीवनमा पनि मानिसहरु भन्छन् नि , “ऋण लागोस् तर दिन नलागोस् “। सबैले सोचे जस्तो जिन्दगी भैदिए किन मानिस दुःखी हुन्थ्यो ।

कृष्णको जीवनमा आधी हुरी नै चलेपनि अहिले मायाँ गर्नेहरू र बिभिन्न निकायबाट आर्थिक सहयोग पाइराखेका छन्। त्यसै अन्तर्गत सबैलाई नचाउने र सबैलाई हसाउने गायिका भुमिका गिरीले आज सबैलाई भावुक बनाएकी छन् ।

पछिल्लो समय युउटुवमा भाइरल बनेका कृष्ण ओलीको जोडीलाई सहयोग स्वरुप रु पचास हजार हस्तान्तरण गरीकी छन्।यसो त नेपाली गित संगितमा पछिल्लो समय त्यति धेरै आम्दानी हुँदैन । स्टेश र विदेशमा हुने कार्यक्रमबाट जिवन धान्न पनि मुस्किल छ आफ्नो यस्तो अबस्थामा पनि भुमिकाले गरेको सहयोगको सबैले सम्मान र सिको गर्नु जरुरी रहेको छ ।

साथै सहयोग गर्न पाँउदा आफुलाई खुसि लागेको गिरीले बताइन। सहयोग रकम हस्तान्तरण गर्ने बेलामा उनीहरुको पिडा देखेर भुमिकाले भक्कानीएर रोएकी थिइन ।

यस्तै सैघाली खबर डटकम ले पनि कृष्णको त्यो अबस्थामा सहयोगी हात बढाएको छ , सैघाली खबर डटकमको तर्फ बाट कृष्णको उपचारमा सहयोग पुग्ने उदेश्यका साथ रु १५ हजार रकम हस्ताण्तरण गरेको हो ।

यस्तै सैघाली खबरले कृष्ण वलीको युटुवको भिडीयो बाट आउने सम्पुर्ण रकम पनि कृष्णलाई नै दिने निर्णय गरेको छ। यस्तै हाल क्यानडामा रहदै आउनु भएका शकँर बोहराले रु १५ हजार रकम सहयोग गरेका छन।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्