दाङ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले माटो सुहाउदो शिक्षातर्फ ध्यान दिन सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ । शान्तिसुधा मावि घोराहीको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. यादवले देशमा रहेका सम्भावनालाई उजागर गर्ने जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता औंल्याउनुभएको हो । अभिभावकको करले आफू चिकित्सा शिक्षामा होमिएको उदाहरण दिदै उहाले अभिभावकहरुलाई देशको सम्भावनालाई हेरेर सन्ततिलाई शिक्षा दिलाउन सजग हुनुपर्ने बताउनुभयो ।
‘हाम्रो देश कृषिप्रधान देश हो । बहुसंख्यक नागरिक कृषि कर्ममा छौं’– डा. यादवले भन्नुभयो– ‘तर कृषि उत्पादन, त्यसको व्यवसायीकरण, वैज्ञानिकीकरण गर्ने जनशक्ति हामीसग छैन । शिक्षकसमेत भारतबाट ल्याउनुपर्ने इतिहास सम्झदै पूर्वराष्ट्रपति यादवले अहिलेको युगमा आफूलाई चाहिने जनशक्ति उत्पादन आफै गर्नुपर्नेमा जोड दिनुभयो ।
‘हिमाल, पहाड र तराईमा वन जंगल, जडीबुटी, जलस्रोत र जमिन हामीसग प्रशस्त छ’– उहा“ले भन्नुभयो– ‘तर यी प्राकृतिक स्रोतको उपयोग गर्ने जनशक्ति उत्पादनमा हाम्रो ध्यान छैन । यसले मुलुकलाई नै घाटा भइरहेको छ । अब अभिभावकले सोच्नुपर्ने बेला आएको छ ।’ उहाले कृषि प्राविधिक, जलस्रोत विज्ञ, आयुर्वेदका जनशक्ति उत्पादन गर्नतिर शैक्षिक संस्था मात्र होइन अभिभावक पनि लाग्नुपर्नेमा जोड दिनुभयो । डाक्टर, इञ्जिनियर पढ्ने नाममा वर्षेनि खर्वौं रुपैया विदेश गइरहेको उल्लेख गर्दै उहाले देशभित्रैको सम्भावना उजागर गर्ने शिक्षामा ध्यान दिन आग्रह गर्नुभएको थियो । उहाले संस्थागत शिक्षालयहरुका कारण शैक्षिक गुणस्तरमा थोरै सुधार आए पनि सामुदायिक विद्यालयको अवस्थाप्रति भने चिन्ता व्यक्त गर्नुभयो ।
८० प्रतिशत नेपालीका सन्ततिहरु सामुदायिक विद्यालयमा पढ्छन् । बा“की २० प्रतिशत संस्थागतमा छन्’– डा. यादवले भन्नुभयो– ‘बहुसंख्यक नेपालीका सन्तति पढ्ने विद्यालयको अवस्था कमजोर छ ।’ उहा“ले नेपालको शिक्षा र स्वास्थ्यको अवस्था सुखद नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
पूर्व राष्ट्रपति डा. यादवले ७० वर्ष लगाएर स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रको जगमा बसेर तीनवटै तहका सरकार, दल र सरोकारवाला मिलेर देशमा स्थायी शान्ति र समृद्धि ल्याउनतर्फ लाग्नुपर्ने बताउनुभयो । उहा“\ले आफ्नै नेतृत्वमा जारी गरिएको संविधान समावेशी, लोकतान्त्रिक भएको उल्लेख गर्दै अब संविधानकै परिधिमा रहेर सबैमा राष्ट्रिय भावना मजबुत गर्नतिर लाग्नुपर्नेमा बजोड दिनुभयो । सो अवसरमा विशिष्ट अतिथि एवं राष्ट्रियसभा सदस्य अनिता देवकोटाले दाङलाई शैक्षिक हवको रुपमा विकास गर्न सबै सरोकारवालाहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
‘अहिले कानुन निर्माणको क्रम चलिरहेको छ’– देवकोटाले भन्नुभयो– ‘जनताको शिक्षा, स्वास्थ्यको अधिकार सुनिश्चित गर्नेगरी कानुन निर्माण गर्नुपर्छ, हामी त्यसतर्फ लागेका छांै ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसांसद कृष्णकिशोर घिमिरे, घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डे, वडा नं. ५ का अध्यक्ष विष्णुमणि दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा अभिभावक, उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संयोजक प्रेम शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक बालकृष्ण डा“गीले गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।