दाङ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० गतेदेखि घोराहीमा शुरु हुने पाच नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनीका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।यसैक्रममा महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् । भरतमणि शर्माको संयोजकत्वमा आर्थिक संकलन उपसमिति गठन गरिएको छ । त्यस्तै माधवप्रसाद शर्माको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन उपसमिति, पारस बस्नेतको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । आर्थिक व्यवस्थापन उपसमितिको सहसंयोजकहरुमा रुपक थापा, चन्दन भण्डारी र सुन्दरबहादुर बस्नेत रहनुभएको छ ।
त्यसैगरी रोशन खड्काको संयोजकत्वमा भौतिक निर्माण तथा स्टल व्यवस्थापन उपसमिति, सन्तोष गिरीको संयोजकत्वमा टिकट तथा पार्किङ व्यवस्थापन उपसमिति, पोषणनाथ योगीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्रेम गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा प्राथमिक उपचार उपसमिति, दीपक आचार्यको संयोजकत्वमा खानेपानी तथा बालउद्यान व्यवस्थापन उपसमिति, रविन घिमिरेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उपसमिति, समिर केसीको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति र प्रकाश पुनको संयोजकत्वमा शोभायात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
त्यस्तै महोत्सव मूल आयोजक समितिका सल्लाहकारहरु पनि चयन गरिएको छ । सल्लाहकारहरुमा धु्रवराज श्रेष्ठ ‘भारी’, हेमराज बञ्जाडे, नारायणप्रसाद भुसाल, खड्ग बुढाथोकी, टंकसिंह बुढाथोकी, वसन्त जोशी र नरेश कार्की हुनुहुन्छ । उपसमितिमध्ये प्रेम गौतम संयोजक रहेको मञ्च व्यवस्थापन उपसमितिले पूर्णता पाएको छ । जसको सहसंयोजकमा रुद्र शर्मा, सल्लाहकारमा विन्दु दाहाल हुनुहुन्छ भने सदस्यहरुमा सरिता पुन, तारा जीएम, मनिष घर्ती, सरिता बोहरा, उर्मिला बोहरा, मुकेश ओली, प्रकाश ओली, मनिषा थापा, सुरेश बुढा, शारदा पुन, मीना पुन, संगीता रोका, आ“चल रोका, दिलमाया रोका, जीवन पुन र कुमारी दिलमाया घर्ती हुनुहुन्छ् । त्यस्तै दीपक शर्मा संयोजक रहेको उपसमितिले पनि पूर्णता पाएको छ । जसको सहसंयोजकमा सुन्दरमणि लामिछाने, सल्लाहकारमा पीताम्बर शर्मा र सदस्यहरुमा चन्द्र विसी, शोभाराम बुढा, लक्ष्मण बुढा, निर्मला शर्मा र निस्मा ओली हुुनुहुन्छ ।
महोत्सव सफल पार्न गठित यी उपसमितिहरुले तोकिएको आ–आफ्ना जिम्मेवारीमा रहेर महोत्सवको तयारी गरिरहेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । महोत्सवको तयारीका लागि ५ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुका सरोकारवाला निकायहरुस“ग छलफल गर्ने क्रम जारी रहेको छ । ‘कुखुरा पालन एवं बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराहीको कृषि सामग्री कम्पनीको प्रागंणमा सञ्चालन हुने महोत्सव माघ २० गतेसम्म चल्ने छ । महोत्सव अवधिभर करीव दुई लाख दर्शकले अवलोकन गर्ने र दुई करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ । महोत्सवमा पोल्ट्रीसम्बन्धी ८० देखि एक सय स्टल रहनेछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।