शनिबार शनिको पुजा किन गरीन्छ ? यस्ता हुन्छन् शनिबार जन्मेका ब्यक्ति!



एजेन्सी ।

कसैको राशीमा शनिको साढे साती चलिरहेको छ भने शनिदेवलाई प्रसन्न गर्नका लागि शास्त्रमा थुप्रै उपाय बताइएका छन् । यी उपाय अपनाउँदा तपाईंको मनोकामना पूरा हुनसक्छ ।

शनिबारको दिन तेलबाट बनेको भोजन भिकारीलाई खुवाउँदा शनिदेव प्रशन्न हुने मान्यता छ । शनिबार कालो कुकुर, कालो गाईलाई रोटी खुवाउँदा समस्या टाढा हुने गर्दछन् ।

शनिदेवको कृपा पाउनका लागि हनुमानजीको पूजा गर्दा शनिको असर कम हुने गर्दछ । शनिबारका दिन हनुमान चालिसा पाठ गर्दा शनिको सबै दोष समाप्त हुने गर्दछ ।

शनिबारको दिन कालो वस्तु जस्तै कालो दाल, कालो कपडा, कालो चना गरिबलाई दान दिँदा शनिदेव खुसी हुन्छन् । आफ्नो जीवनमा पैसा, वैभव र यश प्राप्त गर्नका लागि शनिबार बेलुका पिपलको रुखमुनी बत्ती बाल्नुहोस् ।

शनिबार जन्मने व्यक्तिले अवश्य पढ्नुहोस्

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ ।यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । शनिबार जन्मेका व्यक्तिहरुमा निम्नलिखित गुणहरु रहेका हुन्छन्

१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्