दाङ । हरसाल आउँछ माघी,माघी जान्छ आफनै सुरुमा….
यो गित यतिवेला प्रत्येक थारु बस्तिमा गुन्जिछ । यतिमात्र होईन थारुगाउँमा माघी भित्रियसंगै बालबालिका देखि बृद्धबृद्धा रमाईलो गर्नमै व्यस्त देखिन्छन् । माघीसंगै थारु बस्तिमा कम्लहरी खोज्दै हिड्ने जमिदारको अझैपनि यताकता देख्न पाईन्छ । माथी गीतले भने जस्तै कतिपय थारु बालबालिका माघीसंगै एकबर्ष,दुईबर्ष कसैको त जमिदारकै घरमा ज्यान नै गुमाउँनु पर्ने बाध्यता छ । पछिल्लो समय कम्लहरी बस्न नदिन बिभिन्न संघ,संस्थाले अभियान समेत चलाउँदै आएका छन । फलस्वरुप कमैया,कमलहरी जीवनबाट मुक्त भएका पूर्वकम्लरी, कमैयाका छोराछोरी विद्यालय सम्म जान थालेका छन ।
आफूले पढ्न नपाए पनि आमा बालाई छोराछोरी भविष्यमा ठूलो मान्छे बनेको हेर्नमन अविभावकमा छ । आमा –बाको त्यही सपना पुरा गर्न क्रियटिङ्ग पोसिविलिटिज नेपालले कमलहरीलाई पढाउँन सहयोग गरेको छ । स्कुल जान सहयोग पु¥र्याउँने उदेश्यका साथ माघीको अबसरमा साइकल प्रदान गरेको हो । मुक्त कमलहरीहरु समयमै स्कुल पुगुन बन्ने उदेश्यका साथ साईकल प्रदान गरेको ंसंस्थाका अध्यक्ष किरण मानन्धर बताउँनुभयो । सन २०१२ देखि साईकल वितरण थालेको संस्थाले हाल सम्म देउखुरी क्षेत्रका मुक्त कमलहरीका लागि चार सय ४९ जनालाई साइकल प्रदान गरि सकेको जानकारी दिनुभयो ।
विद्यालयमा भर्ना भएका मुक्त कम्लहरी सबैलाई साकइल प्रदान गरेको मानन्धरको भनाई छ । जनता माध्यमिक विद्यालय गढवामा कक्षा सातमा अध्यनरत जुनु चौधरीले साकइकल पाएपछि पढ्न जान सहयोग पुगेको वताउँनुभयो । साइकल चढेर स्कुल जाने रहर थियो बल्ल पुरा भयो चौधरीले भन्नुभयो । बहिनी र म अब स्कूल जाँदा साइकल चढेर जान्छौं’– खुशी हुदै भन्नुभयो । अब कक्षा छुट्दैन बेलैमा स्कुल पुगिन्छ चौधरीको भनाई छ । जुनु मात्र होईन सोही विद्यालयमा अध्यनरत रेणु नेपालीले माघीमा नयाँ साकईल पाएपछि फुरुङग हुनुहुन्छ । स्कुल सम्म पुग्न साइकल पाएपछि निकै खुशी भएको उहाँको भनाई छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।