एजेन्सी – बलिउडमा करिब दुई दशकभन्दा बढी राज गरेकी अभिनेत्री रेखाको सुन्दरता आज पनि उत्तिकै लोभलाग्दो छ । सुन्दर मुहार सँगसँगै अभिनयमा पोख्त रेखा संसारभरीनै लोकप्रिय छिन् । उनलाई मन पराउने दर्शक त छँदै छन् उनका लागि जे पनि गर्न तयार दर्शकको संख्या पनि निकै ठूलो छ ।
६५ औँ बसन्तमा पाइला टेकिरहेकी सुन्दरी रेखाका हरेक अभिनेत्री नक्कल गर्न चाहान्छन् र उनीजस्तै बन्न चाहान्छन् । करियरको दौरान उनले अभिनय गरेका सयौँ फिल्म निकै नै लोकप्रिय भए । जसमा उनले शुशील महिलादेखि बोल्ड महिलाको भूमिका पनि निर्वाह गरीन् । तर उनले अभिनय गरेका केही बोल्ड फिल्मले रातारात तहल्का नै मच्चायो ।
सन् १९५४ अक्टोबर १० मा जन्मिएकी रेखाको वास्तविक नाम भानुरेखा हो । उनी अभिनेता जैमिनी गणेशमान र अभिनेत्री पुष्पावलीकी छोरी हुन् । यौन जीवनको बारेमा उनले व्यक्त गरेका धारणा र उनको वैवाहिक जीवनको विषयलाई लिएर उनी सधैँ चर्चामा रहन्छिन् । यद्यपि, उनले चुमेको सफलताको शिखर चुम्ने अभिनेत्री अव सायद कम होलान् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।