अब पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य



नेपालमा अहिले बहु विवाहको कुरा जल्दोबल्दो रुपमा उठिरहेको छ । हुन त राजा–महाराजाको जमानामा प्रत्येक राजाका दुई वा तीन रानी हुने गर्दथे । त्यतिबेला सबै राजा आफ्नो मर्जीअनुसार विवाह गर्दथे ।

सर्वसाधारणले पनि यदि दुईवटा विवाह गर्छन् भने आफ्नै मर्जीले गर्छन् तर अचम्मको कुरा के छ भने एउटा देश यस्तो पनि छ जहाँ पुरुष दुईवटा विवाहका लागि बाध्य छन् वा उनीहरुलाई यसका लागि बाध्य बनाइन्छ ।

अफ्रिकी देश इरिट्रियामा हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि कुनै पुरुषले दुईवटा श्रीमती नराखे उनीहरुविरुद्ध कडा कारवाही पनि हुनसक्छ जसअनुसार उनीहरु जेलसमेत जानुपर्ने हुन्छ । यस्तो अचम्मको कानून लागू गर्न कारण पनि छ ।

इरिट्रियामा महिलाको संख्याको तुलनामा पुरुषको संख्या सबैभन्दा कम छ । यसको मुख्य कारण सन् १९९८ देखि २००० को बीचमा इथियोपियामा भएको युद्धका कारण हो । उक्त युद्धमा एक लाख ५० हजार सैनिकको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्