फिल्म ‘नाई न भन्नु ल ५’ को ‘बालापनको उमेर’ गीत गाएकी समिक्षा अधिकारीको ‘वनमा काँफल’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतमा समिक्षाको एकल आवाज रहेको छ ।
विदेशमा रहेका पितालाई आफ्नो घर फर्कन आग्रह गरेको गीतमा समिक्षा, बसन्त सापकोटा, सरोज ओली, शारदा गिरी फिर्चड छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।
प्रकाश न्यौपानेले छायाँकन गरेको गीतलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् । संगीत समायोजन सहास शाक्यको रहेको छ भने भिडियो निर्देशन सरोज वलीको रहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।