प्लाष्टिक जलाउने र फाल्नेप्रति घोराहीमा कडाई



गोविन्द खड्का। घोराही ,
फोहर खेरखार पारेर जलाउँदै गरेको देख्ने वित्तीकै घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगिले मोटर साईकल रोकनुभयो ।

सिष्टता पुर्वक अनुरोध गरेर घोराही रब्जीमण्डी नजिकै जल्दै गरेको जुत्ता निकाल्न लगाउनुभयो । जलाउनेले पनि ईमान्दारीतका साथ काठले बाहिर निकाल्नुभयो । धन्यावाद दिएर विदा हुनुभयो ।

ग्राहकलाई चिया र फाहेर फाल्ने गाडि दुईतिर ध्यान राखेर मेवाड आईसक्रीम एण्ड कफि सपका घोराहीका सञ्चालक गोपाल भण्डारी पर्खिनु हुन्छ । सरसफाइ गाडि आयो भने पहिला फोहर दिनुहुन्छ ।

पैसा कमाउनु भन्दा बढि हतार भण्डारीलाई फोहर व्यवस्थापन गर्नुमा हुन्छ । साँझ बढार कुडार पारेर संकलन गरेको फोहर भोलिपल्ट विहान गाडिमा राखिएन भने अर्कोदिन कुर्नुपर्छ । रगरगाट पारेर सफा चट सडकमा फोहरको टुक्रो समेत सुहाउँदैन घरको फोहर झन् राख्नै मिलेन । आँखाले देखिने सार्वजनिक ठाउँमा फोहर राख्नुलाई नगरवासी असभ्य भन्छन् ।

 

धेरै मान्छेहरु बंैकरोड क्षेत्रमा देखिएको परिवर्तनले दंग पर्छन् । विहानको समयमा हिड्नुपरे बाक्लो प्लाष्टिकमा चिप्लीएर लड्ने खतरा थियो । त्यो ठाउँमा अहिले जतिबेला पुग्दा पनि एउटा टुक्रो प्लाष्टिक नदेखिँदा घोराही १४ का रविन केसीलाई ठुलै परिवर्तन भएको महशुस हुन्छ । झण्डै डेढ बर्ष अगाडिको बैंकरोड अहिले कैयौँ गुणा सुन्दर भएको छ ।

रमाईलो दृश्य विहान पखको देखिन्छ । सडकैभरी पानी छम्किने र बढार्नेहरु भेटिन्छन् । जति सुकै चिसो मौसम भएपनि जाँगरका साथ पसल वरपरको सडक सफ ागर्न लाग्छन् ।

कोठा मेरो हो सडक होईन भन्ने प्रसंग दामोदर चोक देखि बंैँकरोडको कुनैपनि क्षेत्रमा सुनिदैन । स्थानियले पसल अगाडिको फोहर टिप्न आफ्नो जिम्मेवारीका रुपमा ग्रहन गरेकाले चाँडै परिवर्तन भएको वली फेन्सी बैंकरोडका भिमबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हरेक विहान तमास संग सडक धुन्छन् । सनिवार पसल बन्दा हुँदाका दिन पनि बाहिर फोहर भेटिन्न ।

प्लाष्टिकजन्य फोहर जलाउन प्रतिवन्ध लगाउने गरी घोराही उपमहानगरपालिकाले कडाई गरेको छ । सार्वजनिक स्थल वा व्यक्तिगत परियोजनका लागि प्लाष्टिक नजलाउन उपमहानगरपालिकाको आग्रह छ ।

प्लाष्टिक जन्य फोहर व्यवस्थापनमा समस्या आएको गुणासोपछि उपमहानगरपालिकाले सरसफाइ गाडि जाने क्षेत्र पनि विस्तार गरेको छ । यस अघि घोराही १४, १५ र १८ का केहि स्थानमा मात्रे सरसफाइ गाडि पुग्थ्यो ।

सरसफइ ईन्चार्ज अर्जुन आचार्यका अनुसार अहिले घोराही १० को नारायणपुर र ११ को खैरा हाप्तामा एक दिन सरसफाइ गाडि जान्छ । यसैगरी घोराही १७ का चौघेरा, हरिदार, घोराही ४ गोग्ली डाँडा गाउँ, यसैगरी भानपुर, सुनपुर र लक्ष्णपुर लगाएतका क्षेत्रमा पुग्छ । अब कसैले पनि प्लाष्टिक व्यवस्थापनमा चिन्ता लिनुपर्दैन ।

वायुमण्डल प्रदुशन, गन्ध आएर टोलछिमकमा सास फेर्न अफ्ठेरो र क्यान्सर लगाएत नसर्ने रोग लाग्ने भएकाले प्लाष्टिक जलाउन कडाई गरीएको घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समिति सयोजक शक्तिराम डाँगिले जानकारी दिनुभयो ।

कतै कसैले जलाएको खबर गरे जल्दा जल्दैको प्लाटिक तत्काल रोक्न पहल गरीने संयोजक डाँगिले जानकारी दिनुभयो ।

उहाँका अनुसार केहि समय अघि उपमेयर सिता न्यौपाने सहितको टोलिले समेत जल्दै गरेको प्लाष्टिकमा पानी हालेर आगो निभएको थियो

अहिले पनि जहाँ आगोमा फोहर जालईन्छ त्यहाँ प्लाष्टिक जल्न बाट रोक्ने गरीएको छ । घोराही १४ का अध्यक्ष डाँगिका अनुसार प्लाष्टिकजलाउन पुर्ण रोक लगाउन उपमहानगरपालिका लागि परेका छ ।

नागरीक सचेत हुने क्रम तिब्र छ । प्लाष्टिक बगाउँदा खोला प्रदुशन, खेतमा गए उत्पादनमा कमि, बाटोमा रहे फोहर र धुँवाँ सुँघेपछि क्यान्सर लगाउतका खतरनाक रोग लाग्ने भएकाले रोक्न पहल गरीएको घोराही उपमानगरपालिकाले जनाएको छ ।

पातलो प्लाष्टिकका चमच, काँटा र गिलास प्रयोग गरेर तातो खानेकुरा नखान पनि आग्रह गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्