‘विवेकशील साझा पार्टी फुटेर राम्रो भयो’– पत्रकार विजयकुमार



काठमाडौं । पत्रकार तथा लेखक विजयकुमार पाण्डेले विवेकशील साझा पार्टी बेलैमा फुटेर राम्रो भएको बताएका छन् । उनले देशका धेरै पार्टीभित्र मन नमिल्ने, नेतृत्व र अनुशासन नमान्ने मानिस भएको बताउँदै यो राजनैतिक सिद्धान्तविरुद्ध भनी टृवीट गरेका छन् ।

उनले यस्तो प्रवृत्तिलाई पाखण्डको संज्ञा दिएका छन् । उनले दुवै पार्टीलाई अर्थहीन रडाकोबाट मुक्ति पाएको भन्दै बधाइ समेत दिएका छन् । उनले साझा ठिक कि विवेकशील भन्ने फैसला चुनाव वा आन्दोलनको बेला हुने भनेका छन् ।

विजयकुमारले आफ्नो ट्वीटरमा लेखेका छन् ‘ विवेकशील साझा पार्टी बेलैमा फुटनु राम्रो हो।मन नमिल्ने,नेत्रित्व र अनुशासन नमान्ने मानिस नेपालका धेरै पार्टीमा छन,जुन राजनैतिक सिधान्तको क ख ग को खिलाफ हो, पाखण्ड हो। अर्थहिन रडाको बाट मुक्तिको बधाई दुबैलाइ। साझा ठिक कि विवेकशीलरु फैसला चुनाव वा आन्दोलनको बेला भै हाल्नेछ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्