कपडा धुनको लागि वासिङ मेशिन खोल्दा महिलाको होस् उड्यो



आफ्ना घरका फोहोर कपडा धुनका लागि एक महिलाले वासिङ मेशिन खोलिन । मेशिन खोलेर तल हेर्दा डरले उनको होसै उड्यो । यो घटना चीनको चाओजोउ प्रान्तस्थित एक गाउँको हो।

ती महिलाले कपडा धुनका लागि मेशिन खोल्दा वासिङ मेशिनको भित्र २६ किलोको अजिङ्गर बसेको थियो। अजिङ्गर देखेर ती महिलाको डरले होसै उड्यो।

उनले पहिले मेशिनभित्र कुनै बस्तु भएको आशंका गरिन । त्यसपछि उनले मेशिनको ढक्कन खोलेर हेर्दा उक्त अजिङ्गर लुकेर बसेको थियो। त्यसपछि ती महिलाले तुरुन्त स्थानीय एनिमल रेस्क्यू सेन्टरमा फोन गरिन । एनिमल रेस्क्यूबाट त्यहाँ पुगेको एक समूहले अजिङ्गरलाई बोरामा हालेर त्यहाँबाट लिएर गए।

उक्त घरमा मौरी पालन गर्दै आइएको थियो। त्यहाँका जनावर विद्का अनुसार अजिङ्गर त्यहाँ मौरीको मह खान खाएको थियो। तर गल्तिले अजिङ्गर वासिङ मेशिनभित्र फसेको थियो । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्