चिसोका कारण प्राय मानिसलाई विरामी पार्ने गर्छ । रुघाखोकी, निमुनियाँजस्ता रोग लाग्ने मात्रै होइन हात खुट्टा सुन्निने पनि गर्छ । हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्।
यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ। त्यसमध्ये ‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ।
जुन भागमा चिसोको मात्र बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ, । चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ । हातखुट्टा झमझम गर्छ । पानीको फोका आउन थाल्छ । त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगर घाउ बढेर अल्सरसमेत हुन सक्छ।
कसरी बच्ने ?
यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।
चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो।
चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो। रगत सर्कुलेसनलाई बढाउने उपाय लगाउनुपर्छ।
यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।
घरेलु उपायले यो रोग निको भएन भने औषधि सेवन गर्न पनि सकिन्छ। तर, अर्को सिचो मौसममा फेरि समस्या बल्झिन सक्छ।
त्यसैले यसको मुख्य उपचार भनेकै हातगोडा, कपडाले नछोप्ने अंगलाई सकेसम्म तातो बनाएर राख्ने र मोस्चराइजिङ क्रिमले मालिस गर्ने नै हो।
यसले धेरै दुःख दिएमा तुरुन्तै उपचार गर्नुपर्छ, नभए घाउ बनेर थप दुःख दिन सक्छ। यदि, चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला सम्बन्धी चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्न सकिन्छ। त्यस्ता औषधि खासगरी चिसोले खुम्चिएर बसेका नसालाई खुलाउने प्रकृतिका हुन्छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।