अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय खेलमा भारत पराजित



अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय खेलमा भारत ३४ रनले पराजित भएको छ । हारसँगै भारत तीन खेलको श्रृखंलामा एक शून्यले पछि परेको छ । सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । उसका लागि पिटर हेन्डसकम्बले ७३ रन बनाए । उनले ६१ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

 

त्यस्तै मार्कस स्टोइनिसले ४७, शन मार्शले ५४, उस्मान खवाजाले ५९, एलेक्स क्यरीले २४ रन बनाए । बलिङतर्फ भारतका लागि कुलदिप यादव र भुवनेश्वर कुमारले समान दुई विकेट लिएका थए ।

जवाफमा भारत ५० ओभरमा नौ विकेट गुमाउँदा दुई सय ५४ रनमा अलआउट भयो । उसकालागि ओपनर रोहित शर्माले एक सय ३३ रनको पारी खेले पनि टिमलाई हारबाट बचाउन सकेनन् । यस्तै महेन्द्रसिंह धोनीले ५१ रन बनाए ।

चार रनमा तीन विकेट गुमाएको भारतको पारीलाई धोनी र शर्माले सम्हालेका थिए । उनले चौथो विकेटका लागि एक सय ३७ रनको साझेदारी गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्