घोराही – १४ द्धारा मेयरकप फुटवलका लागि खेलाडी छनौट सुरु



दाङ । घोराही उप–महानगरपालिका वडा नं. १४ ले मेयरकप फुटवलका लागि खेलाडी छनौट सुरु कार्यक्रम सुरु गरेको छ । आगामी महिना हुने मेयर कप फुटवलका लागि खेलाडी छनौट गर्न फुटवल प्रतियोगिता कार्यक्रम सुरु गरेको हो ।

युवाका लागि खेलकुद विकास कार्यक्रम अन्तरगत फुटवल प्रतियोगिता आयोजना गरिएको हो । घोराही उप–महानगर पालिका वडा नं.१४ को आर्थिक सहयोग तथा यु.एन.वि.सी क्लवको आयोजनामा फुटवल प्रतियोगिता सुरु गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष शक्तिराम डाँगी र घोराही उप–महानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख श्रीप्रसाद भट्राईले संयुक्त रुपमा गर्नु भएको थियो । त्यस अवसरमा बोल्दै वडा अध्यक्ष डाँगीले वडा स्तरमै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यका साथ खेल संचालन गरेको वताउँनुभयो ।

वडामा भएका विभिन्न खेलाडी अन्तराष्ट्रिय स्तर सम्म पनि पुग्न सफल भएको वताउँदै स्थानीय स्तरमा खेलको बिकास गर्न प्रतियोगिताले सहयोग पु¥र्याउँने बताउँनुभयो । प्रतियोगितामा विभिन्न टोल विकास संस्थाका झण्डै एक सय खेलाडीको सहभागिता रहेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्