काठमाडौं : थाइल्याण्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीचको खेल जारी छ। थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा मलेसियाले टस जितेर ब्याटिङ गरिरहेको छ। यसअघि शनिबार भएको पलिहो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो। नेपालले चीनमाथि १० विकेटको शानदार जित दर्ता गराएको हो। नेपालले तेस्रो खेल भोलि संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ भने अन्तिम खेलमा माघ २ गते आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।