घोराही र तुलसीपुर उप–महानगरपालिका सुगम पालिकामा प्रस्ताव



दाङ । सरकारले सात सय ५३ वटा स्थानिय तहको वर्गीकरणको तयारी गरेको छ । यसका लागि सरकारले प्रस्ताव तयार गरी छलफललाई अगाडी बढाएको हो । विभिन्न सूचकलाई आधार मानेर प्रशासनिक बर्गाीकरणको खाका समेत तयार पारेको छ । जस अन्तरगत दाङका दुई पालिका ‘ख’ दुई पालिका ‘घ’ र ६ पालिका ‘ग’ मा प्रस्ताव गरिएको हो । जस अनुसार बंगलाचुली र राजपुर गाँउपालिकालाई दुर्गम अर्थात ‘ख’मा राखिएको छ भने घोराही र तुलसीपुर उप–महानगरपालिकालाई सुगम अर्थात ‘घ’ मा राखिएको हो । बाँकी दंगिशरण,शान्तिनगर,ववंई,राप्ती र लमही नगरपालिकालाई मध्यम ‘ग’ श्रेणीमा राखिएको हो ।

प्रारम्भिक प्रतिवेदन अनुसार एक सय ६२ पालिकालाई अतिदुर्गम,दुईसय १८ लाई अति दुर्गम दुईसय ७५ मध्यम र ९८ पालिका सुगम बर्गमा विभाजन गरिएको छ । यस्तै प्युठानका ६ वटा पालिका दुर्गम र तीनवटा पालिका मध्यममा प्रस्ताव गरिएको छ । जस अन्तरगत ऐरावती,गौमुखि,झिरुक,नौ वहिनी,माण्डवी र सरुमारानीलाई दुर्गम ‘ख’ र मल्लरानी र स्वर्गद्धारीलाई मध्यम ‘ग’मा प्रस्ताव गरिएको छ । सल्यानको कपुरकोट,कुमाख,छत्रेश्वरी,दार्मा,नगार्ड कुपिण्डे र सिद्धकुमाखलाई दुर्गम र राखिएको छ भने शारदा बागचौर र त्रिवेणी पालिकालाई मध्यम ‘ग’ श्रेणीमा प्रस्ताव गरिएको छ ।

 

रुकुम पश्चिमको आठबिसकोट,बाफीकोट,त्रिवेणी र सानोभेरीलाई अति दुर्गर्म क’चौरझारी दुर्गम र मुसिकोटलाई मध्यम‘ग’ मा प्रस्ताव गरिको छ भने रुकुम पूर्वको तीनवटै गाउँपालिका सिस्ने,भुमे पुथा उत्तरगंगालाई अतिदुर्गम क मा राखिएको छ । रोल्पाको गंगादेवी,थवाङ,परिर्वतन,माडी र सुनछहाडीलाई अतिदुर्गममा प्रस्ताव गरिएको छ –भने त्रिवेणी रुम्टीगढी,लुङ्गी र सुनिल स्मृति गाउँपालिका दुर्गम र रोल्पा नगरपालिकालाई मध्यम ‘ग’ बर्गमा प्रस्ताव गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय तहको यातायात सुविधा प्रदेशीक राजधानीको दुरी शिक्षा,स्वास्थ्य, संचार, विद्युत मानव विकास सुचाङक लगाएत बिषयको आधारमा विभाजन गरेको मन्त्रालयका प्रवत्ता शुरेश अधिकारीले जानकारी दिनुभयो ।

फोटो सौजन्य

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्