नेपाली चलचित्र मेरी मामु युट्युबमा सार्वजनिक भएको ३ दिनमै ट्रेन्डिङ नम्बर ३ मा पुग्न सफल भएको छ । बाल मनोविज्ञानमा पारिवारिक कथा बोकेको चलचित्र “मेरी मामु” युट्युबमा सार्वजनिक भएको केही दिन मात्र भएको छ।
बुढासुब्वा डिजिटलको युट्युबमार्फत चलचित्रलाई शुक्रबार युट्युबमा रिलिज गरिएको हो। तर रिलिजको तीन दिनमा नै यस फिल्म युट्युबको ट्रेन्डिङ नम्बर ३ मा परेको छ ।
चलचित्र मेरी मामुलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माता सन्तोष सेनका ७ वर्षीय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका छ ।
यसअघि लभस्टोरी ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ जस्ता लभस्टोरी जनरामा आधार रहेर चलचित्र निर्माण गर्दै आएको आशुषेन फिल्मसले “मेरी मामु”मा विशेष कथा उठाएको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।