बामपन्थी प्यानलको प्रचार प्रसार सुरु



सैघाली खवर
दाङ,साउन २६। दाङ जिल्ला उद्योग वाणीज्य संघको नयाँ नेतृत्वकालागि यही साउन ३१ गते हुने निर्वाचनका लागी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, माओवादी बैद्यको बामपन्थी प्यानलले प्रचारप्रसार सुरु गरेको छ ।दाङ जिल्ला उद्योग वाणीज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठसँग भोट माग्दै चुनावी प्रचार सुरु गरिएको हो । श्रेष्ठको घरबाट सुरु भएको चुनावी प्रचार अभियान लखन पार्क, दुर संचार कार्यालय, नयाँ बजार, फुर्सेखाली चोक व्यावसायीहरु संग भेटघाट गर्दे भोट समेत माग्नु भएको थियो ।दाङ जिल्ला उद्योग वाणीज्य संघका संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार नारायण भुषालले  सहयोग गर्न आग्रह गर्नुभयो ।

संघका पूर्वअध्यक्षहरुको समर्थनमा धु्रवकुमार श्रेष्ठ, बामपंथी ब्यवसायीहरुको तर्फबाट नारायण भुषाल र काग्रेसनिकट ब्यवसायीहरुको तर्फबाट मञ्जु बज्राचार्यको अध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छ । अन्य पदमा संयुक्त प्यानलबाट उपाध्यक्ष एकराज खनाल र नारदमणि पोख्रेल, महासचिव अनिल आचार्य, सचिव हरि खरेल तथा कोषाध्यक्षमा श्रीधर पोख्रेलको उम्मेदवारी परेको छ । प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्षमा टंक बुढाथोकी र बसन्त जोशी, महासचिवमा नरेश कार्की, सचिवमा मायाँ पोख्रेल र कोषाध्यक्षमा शरद खनालको उम्मेदवारी परेको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्