काठमाडौं । विद्यार्थी युवा संघ ९ध्इक्थ्० को केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ४ नेपाली युवा चयन भएका छन् । छितराज न्यौपाने,राष्ट्रिय सचिव निशा क्षेत्री , विपिन कँडेल र वर्षा सापकोटा चयन भएका हुन् ।
छितराज न्यौपाने, कालिकोट घर भइ हाल काठमाडौ कर्मथलो बनाइ सामाजिक कार्यमा सक्रिय युवा एवं विद्यार्थी नेता प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सचिव एवं ३ नम्बर प्रदेश संगठन सचिव हुन् भने निशा क्षेत्री , भैरहवा निवासी परिषदकी केन्द्रीय सचिव हुन् । विपिन कंडेल एवं वर्षा सापकोटा विद्यार्थी परिषदका केन्द्रीय सदस्य एवं नारायणघाट निवासी सामाजिक कार्यकर्ता हुन् ।
भारतको उडिशा, भुवनेश्वर स्थित एस ।ओ।ए विश्वविद्यालयमा सम्पन्न त्जभ द्दज्ञकत अभलतगचथ धयmभल ष्ककगभ कजबउष्लन धयचमि विषयमा सम्मेलनमा विश्व विद्यार्थी संगठनकी अध्यक्ष डा रश्मि दास, महासचिव सन्जीब निगम ,अखिल भारतीय विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव सुनिल अम्बर , ओडिशा प्रान्तका गभर्नर प्रोफेसर गणेशलालजी लगायतका विभिन्न विद्वानहरुको विशेष उपस्थिति रहेको थियो भने विश्वका ५३ वटा देश बाट ५०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त सम्मेलनमा नेपालका विभिन्न विद्यार्थी संगठनहरुको प्रतिनिधित्व गर्दै १३ जना विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो । विश्व विद्यार्थी युवा संघकी अध्यक्ष डा रश्मि दासले नयाँ कार्यकारीणी समितिको घोषणा गर्नुभएको हो । जसअन्तर्गत नेपालका ४ युवा चयन भएका हुन् ।
सम्मेलनमा विश्वका महिलाहरुको अवस्था , महिला सशक्तीकरण ,सुरक्षा ,स्ववालम्बन स्वस्थ्य मानसिक अवस्था जस्ता विभिन्न सत्रहरुका माध्यमबाट प्रतिनिधिहरुलाइ प्रशिक्षित गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।