टेलिभिजनको सबै भन्दा पपुलर शो नागिन ३ लाई अलविदा गर्ने समय आउन लागेको छ। सुरभि ज्योति, पर्लभी पुरी, अनिता हसनंदानी र रजत टोकसको मुख्य भूमिका रहेको नागिन ३ एक महिनापछि बन्द हुँदैछ।
भारतीय एक न्यूज अनलाइनको रिर्पोट अनुसार एकता कपुरले आफ्नो एक अन्य पपुलर शो कवजको दोस्रो सिजन नागिन ३ को ठाउँमा लन्च गर्न चाहन्छन् ।
कवच २ का लागि पहिले नै अडिसन सुरु भइसकेको छ। तर अहिलेसम्म एकता कपुरले यस बारेमा भने कुनै औपचारिक जानकारी भने दिएका छैनन् ।
यस हप्ता पनि टीआरपीमा नागिन चौँथो नम्बरमा रहेको छ। एकता कपुरले नागिनलाई अनयर गर्ने सोचे १ वा २ वर्षपछि यसको चौँथो सिजन सुरु हुने अनुमान गरिएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।