राष्ट्रपतिको सेवासुविधाले लोकतन्त्र बलियो नहुने काग्रेसको दावी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रपति र राष्ट्रपति कार्यालयलाईभोग र विलासको बिम्बु बनाएको आरोप लगाएको छ। कांग्रेसले राष्ट्रपतिलाई त्यसरी विलासी बनाएर लोकतन्त्र बलियो नहुने र स्वयम् राष्ट्रपति कार्यालयलाई पनि राम्रो नगर्ने बताएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले एकपछि अर्को निर्णय गरेर राष्ट्रपतिलाई विलासको बिम्ब र नयाँ दरबार बनाएको आरोप लगाए। उनले राष्ट्रपतिलाई यसरी भोग विलासको सेवा दिँदा लोकतन्त्र र राष्ट्रपति संस्था बलियो नहुने पनि दाबी गरे। ुसरकारको निर्णयबाट १८ करोडको गाडीमा, डेढ अर्बको हेलिकोप्टरमा चढाउने।

पुरानो दरबार होइन नयाँ दरबारलाई झन् बढी भोग विलासको बिम्ब बनाउँदै लगेर संस्था र लोकतन्त्र बलियो हुँदैनु, उनले भने, ुनेपाली जनताको आर्थिक अवस्था अनुसार त्यै सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहन्छ जनता, नयाँ दरबार बनाउन चाहँदैनु राष्ट्रपति विद्यादेवी भण्डारीका लागि केही पहिले सरकारले १८ करोडमा गाडीहरू किन्ने निर्णय गरेका थिए। त्यस्तै, डेढ अर्बमा एक हेलिकोप्टर किन्ने पनि निर्णय भएको थियो।

जसको सामाजिक संजाल लगायत राजनीतिक वित्तमा विरोध पनि भएको थियो। त्यस्तो विरोधले राष्ट्रपति संस्था र लोकतन्त्रमाथि नराम्रो प्रभाव पर्ने सरकारको धारणा रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता संसदमा विशेष सम्बोधन गर्दै राष्ट्रपति संस्थाको मानमर्दन नगर्न आग्रह गरेका थिए।

त्यसो गर्दा लोकतन्त्र र राष्ट्रपति संस्था नै धराशयी हुने प्रधानमन्त्रीको भनाइ थियो। जसको कांग्रेस सांसद रिजालले गणतन्त्र र लोकतन्त्र तथा राष्ट्रपति संस्थालाई जोगाउनका लागि अनावश्यक विलास नदिन माग गरेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्