अमेरिकाको टेक्सासका एक ट्रान्सजेण्डरलाई लागेको थियो उनी गर्भवती हुन सक्दैनन् । किनकी गएका ७ वर्षदेखि उनी टेस्टोस्टरोन लिइरहेका थिए । तर, विली सिम्पसन अचानक गर्भवती भए ।
तर बच्चा जन्माउन उनी निकै डराइरहेका छन् । उनको मनमा कैयौं डर लागिरहेको छ । यस ट्रान्सजेण्डर कपलले बच्चालाई एडप्शनमा दिने बिचार पनि गरेको थियो ।
तर, अब विली र उनका ब्वायफ्रेण्ड गैथले आफ्नो पूरा कथा शेयर गर्ने निर्णय लिएका छ । वी टिभीको एक्सट्रीम लब सीरिजमा कपलको जीवन कथा देखाइने छ ।
ट्रान्सजेण्डर विली महिलाबाट पुरुषमा ट्रासफर्म हुने प्रयासमा थिए । यसैक्रममा उनी गर्भवती भए । विली चाहन्छन् उनलाई बराबर सम्मान मिलोस ।
कपलले शुरुमा बच्चालाई एडप्शनमा दिनेबारे सोचे तर, फेरि निर्णय परिवर्तन गरेर आफ्नो हुनेवाला छोराको नाम रोभान फक्स राखे । विलीले अन्तिम डिलिभरीका क्रममा हुने पीडालाई सम्झेर डराएको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।