काठमाडौं । उत्तरी चीनको एक कोइला खानीमाथिको छाना खस्दा कम्तीमा २१ खानीमा कामदारको मृत्यु भएको छ । शान्सी प्रान्तको शेन्मु शहर नजिक रहेको खानीमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।
शनिवार भएको दुर्घटनापछि ६६ खानी कामदारहरुलाई उद्दार गरिएको छ । दुर्घटना हुँदा ८७ जना कामदारहरु भित्र काम गरिरहेको बताइन्छ ।
सरकारी सिन्ह्वा समाचार एजेन्सीका अनुसार छाना खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ । खानीहरुमा हुने दुर्घटनालाई मध्यनजर गर्दै कोइला उत्पादका सर्तहरुमा सुधार गर्ने र गैरकानुनी खानीहरु बन्द गर्ने प्रयासहरुको बावजुद चीनमा धेरै खानी दुर्घटना हुने गर्छ ।
चीनको नेशनल कोल माइन सेफ्टी एडमिनिस्टे«नका अनुसार सन् २०१७ ३७५ कोइला खानीसँग जोडिएको मृत्यु भयो । उसका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा २८.७ % ले कम हो ।
सिन्ह्वाका अनुसार लिजिगोउ खानी बेइजी माइनिङ कम्पनीले संचालन गरिरहेको थियो । घटनाबारे थप जानकारी आइसकेको छैन ।
तर सुधारको बावजुद, “कोइला खानीको सुरक्षा उत्पादनको अवस्था अझै अध्याँरो छ,” एक कोइला खानी सुरक्षासम्बन्धी सम्मेलन पछि अघिल्लो जनवरी सोही व्यरोमा भन्यो । एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।