जीवन नेपाली,
स्वार्थरहीत सेवामा तल्लीन सहने संस्थाले सामाजिक विकासको हितमा काम गर्नुपर्ने एक कार्यक्रममका सहभागी हरुले बताएका छन् । उनिहरुले समाज विकास संगै मानवीय विकासमा पनि जोड दिनु पर्ने बताएका छन् ।
बंगलाचुली गाउँपालिकामा गठीत नेपाल रेडक्रस सोसइटी कमिरेचौर उपशाखाको पहिलो साधारण सभाको अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले सवृद्ध नेपालको निर्माण गर्नका लागि रेडक्रसले खेल्ने भूमिकाले सहयोग पुग्ने बताउनु भयो ।
उहाँले हरेक संघ संस्थाले गर्ने कामहरु जनपक्षीय हुन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममका प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष ओलीले समाजिक संस्थाका कामहरुलाई प्रभावकारी ढंगबाट अगाडी बढाउन समेत सुझाव दिनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यले रेडक्रसले खेलेको भूमिकाको विषयमा प्रष्ट पार्नु भएको थियो । उहाँले रेडक्रसको राष्ट्रि अन्तराष्ट्रिय तहमा गरेको मानवीय सहायताको बारेमा जानकारी गाराउनु भएको थियो ।
यसैविच अधिवेसनले चुरामणी नेपालीको सभापतीत्वमा १० सदस्यीय नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाको पूर्ण पदाधीकारी चयन गरीएको छ ।
जसको उपाध्यक्षमा कुलबहादुर ओली,सचिवमा जीवन नेपाली, कोषाअध्यक्षमा थम्मन कुमारी पौडेल, सहसचिवमा कुसमा पुन, सह–कोषाअध्यक्षमा गोपीराम थापा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा भोजराज पन्त,प्रेमबहादुर सारुमगर,शन्तराम भण्डारी,शिव बहादुर मल्ल रहनु भएको छ । नेपाल रेडक्र सोसाइटी कमिरेचौर उपशाखाको निर्वाचीत पदाधीकारीहरुको कार्यल चार वर्षको रहने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।