दाङमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनमा आउँदै



जनक नेपाली
दाङ,साउन २६ । जिल्लाको बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनमा आउने भएको छ । सर्व साधारण नागरिकलाई आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने उदेश्यका साथ ६० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याउन थालेको आयुर्वेद अध्यण संस्थान बेलझुण्डीका डीन संजय पोख्रेलले जानकारी दिनुभयो । हाल विश्व विद्यालय परिषरबाट सामान्य उपचार सेवा प्रदानगर्दै आएको वताउँदै आगामी असोज देखि शिक्षण अस्पताल पुरै सञ्चालन ल्याई सर्वसाधारण नागरिकलाई सेवा प्रवाह गर्ने जानकारी दिनुभयो । शिक्षण अस्पताल सञ्चालनका लागि २४ करोड लागतको लागतमा भवन निर्माण पुरा भैसेको छ । अबको केही दिनमै भवन हस्तान्तर गर्ने प्रकृयामा ठेकेदारहरु रहेको वताउँदै ईञ्जिनियरहरु भवनको अनुगमनका आउन थालेको वताउनुभयो । अस्पताल संञ्चालनका लागि आबश्यक पर्ने बेड, ल्याव उपकरण देखि अन्य सामग्री आईसकेका छन् । अस्पताल सञ्चालनमा आएपछि अन्तरंग सेवा र वहिरंग सेवा दुवै सञ्चालनमा ल्याउँने तयारी रहेको पोख्रेलले जानकारी दिनुभयो । त्यसका लागि ७ जना एम.डि. ८ जना वि.ए.एम.एस. ६ जना कविराज,एक जना ल्याब अधिकृत र ३ जना ल्याव टेक्निसियन तयारी अबस्थामा बसेको पोख्रेलले जानकारी दिनुभयो । शिक्षण अस्पतालबाट पुरै आयुर्वेद पद्धतिबाट मात्र उपचार गरिने छ।

आयुर्वेद औषधी उत्पादनको तयारी
यस्तै नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डीले जडिबुटी उद्यान तयार गरी दाङबाटै आयुर्वेदिक औषधि उत्पादन गर्ने योजना समेत अगाडि सारेको छ । सर्वसाधारणलाई आयुर्वेद पद्धतिद्धारा उपचार गर्ने उदेश्यका साथ स्थानिय स्तरवाटै कच्चा पर्दाथ उत्पादन गरी औषधि निर्माण गर्ने योजना विश्विद्यालयले अगाडी सारेको आयुर्वेद अध्यण संस्थान कार्यालयका डिन संजय पोख्रेलले जानकारी दिनुभयो ।
विश्वविद्यालयले आयुर्वेदिक विषयको एच.र वि. ए.एम. एस. को कक्षा सञ्चालन गरिरहेको बताउदै अहिले जनता मा.वि. विजौरीमा अस्थायी रुपमा पढाई भैरहेको बताउनु भयो । शिक्षण अस्पताल र जडिबुटी उद्यान निर्माणका लागी कार्र्यालय परिसरको एक सय ३१ विगाह क्षेत्रफलमा भौतिक पुर्वाधार निर्माण र जडिबुटी खेति सञ्चालनमा आएको पोख्रेलको भनाई छ ।
विश्वविद्यालय संग रहेको ३ सय २६ विगाहमा पुरै जडीवुटी खेतिको लागि योजना तयार पारेको उहाँले वताउनुभयो ।देउखुरी क्षेत्रको जमीनमा नाष्ट प्राध्यापक चिरिन्जिवि रेग्मीको संयोजकत्व तिन सदस्य समिति गठन गरी त्यहाको माटोको परिक्षण गरी आयुर्वेदिक औषधि उत्पादनका लागी पुदिनो खेति गर्ने योजना अगाडी सारेको छ ।

 

विद्यार्थीको कमी
विश्वविद्यालयमा आयुर्वेदिक विषयको वि. ए. एम. एस.कक्षा सञ्चालन भए पनी अध्यण गर्ने विद्यार्र्थीको सख्या कमी छ देखिएको छ । विश्व विद्यालयमा विद्यालयमा वाहुनको कर्मकान्ड विद्या हो भन्ने बुझाई आम जनमानसमा भएका कारण सख्या अध्यण गर्ने विद्यार्थीको संख्यामा कमी भएको हो । अहिले विश्वविद्यालय मातहतमा सम्वन्ध प्राप्त पाँचवटा क्याम्पस र आङ्गिक १४ वटा रहेका छन । जसमध्य पुर्वअञ्चलको सोलुखुम्वु र धरान , मध्यमाञ्चलको काठमान्डौ , जनकपुर र मटियानी यस्तै पश्चिमाञ्चलको पोखरा , तनहु गुल्मी , अर्घाखाँची , नवलपरासी मध्यपश्चिमको दाङ र सुदुरपश्चिमको महेन्द्र नगरमा क्याम्पस भएपनी सवैमा विद्यार्थीको कमी देखिएको छ ।
यि सवै क्याम्पसमा साहित्य , न्यान , दर्शन ,धर्म , बेद गरी शास्त्रीय विषय अन्तरगत १८ वटा विषयमा पढाई हुदै आएको छ भने आधुनिक विषयमा नेपाली , अंगे्रजी णित , अर्थशास्त्र , राजनैतिक शास्त्र , हिन्दी , मैथली भाषाको पढाई हुदै आएको छ । क्याम्पासमा पढ्न आउने विद्यार्थीलाई क्याम्पसले छात्रवासको ब्यवस्था छात्रवृद्धि दिदा पनी विद्यार्थि कममात्रामा भर्ना हुने गरेको पोख्रेल बताउनु भयो ।
क्यामपसमा भर्ना हुन आउने गैर दलितका लागी नौ सय र दलित विद्याथीका लागी मासिक १८ सय छात्रवृद्धि दिदै आएको छ । विश्व विद्यालयबाट पढेर वि ए ड गरी पछि अन्य क्याम्पासबाट पनी डिग्री गर्ने पाईने बुझाई जनस्तरले नबुझदा अप्ठेरो परेको उहाको भनाई छ । संस्कृत विश्वविद्यालय र सस्कृत भाषा सवैको साझा हो भन्ने नवुझदा् विद्यार्थीको सख्या घट्दै गएको उहाले बताउनु भयो ।
सस्कृत भाषा साहित्यको नेपालमा अनुसन्धान गर्ने दक्ष जनशक्ति नहुदा सवै सस्कृतभाषा , धर्म ग्रन्थ ,पान्डुुुुुलीपी सवै विदेशी शक्तिहरुले लग्न खोजेको भन्दै नेपालको दक्ष जनशक्तिलाई खान बस्ने को ब्यवस्था गरी नेपालमै परिचालन गर्नु पर्ने भनाई छ । दक्षजनशक्ति विदेश पलायन भएको छ ।नेपालमा भएको सामान्य शक्तिले अनुसन्धान तथा नेपाली भाषा , धर्म ग्रन्थ तथा पान्डु लिपीको गहिरो अनुसन्धान गर्ने नसक्ने डीन संजय पोख्रेलले भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्