कार्यकक्षमा बोलाएर मन्त्रीले हाने सचिवलाई झापड



काठमाडौं– प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आफूले सिफारिस गरेको गैरसरकारी संस्थालाई परियोजना नदिएको भन्दै उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका छन् ।

आइतबार दिउँसो कार्यकक्षमै बोलाएर मन्त्री यादवले सचिव झालाई  गालामा दुई झापड हानेका हुन् ।

झापड हानेपछि मन्त्री यादवले प्रहरीलाई खबर गर्दै नियन्त्रणमा लिन समेत निर्देशन दिएको बताइएको छ । मन्त्रीले सचिवलाई झापड हान्दै नियन्त्रणमा समेत दिन प्रहरीलाई निर्देशन दिएपछि अहिले कर्मचारीले विरोधमा मन्त्री यादवको कार्यालयमा धर्ना दिएका छन् ।

स्रोतका अनुसार क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १९३ गैरसरकारी संस्थाले प्रस्ताव ल्याएकोमा ४० वटा मात्रै छनोटमा परेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्