गन्जि र तरुलमा दाङ आत्मनिर्भर, माघी आएसंगै बजारमा बढ्यो चहलपहल



बिष्णुकुमार देवकोटा,
दाङ । थारु बहुल क्षेत्रमा मनाइने माघी पर्वका कारण गन्जि र तरुलको माग ह्वात्तै बढेको छ । माघीमा गन्जि ( सक्खर खण्ड) , तरुल, उसिनेको फर्सी खाने प्रचल भएको हुँदा गन्जि र तरुलको माग ह्वात्तै बढेको घोराही उपमहानगरपालिका वडा नं १४ सब्जिमण्डिमा तरकारी पसल संचालन गर्दै आउनुभएकी कमला पौडेलले बताउनुभयो ।

अन्य कृषि उत्पादनमा छिमेकी राष्ट्र भारतको भर पर्नुपरेतापनि गन्जि र तरुलमा भने दाङ आफै आत्मनिर्भर भएको कृषि उपज बजार संकलन समितिका सल्लहकार मान बहादुर घर्तिले जानकारी दिनुभयो ।

अहिले बजारमा गन्जि प्रतिकिलो ५० देखि ६० रुपैयाँ र तरुल १५० रुपैया प्रतिकीलो ग्राममूल्यमा बिक्रि भईरहेको व्यापारी कमला पौडेलले बताउनुभयो ।

माघि आएकैकारण गन्जि र तरुल खानुपर्छ भन्ने मान्यताका कारण आफुले तरुल र गन्जि किनेको एकजना क्रेताले बताउनुभयो । माघीमा लाग्ने अधिकाँस मेलाहरुमा गन्जि र तरुलको माग हुने गर्दछ । बिषेसगरी स्वादीलो र पौष्टिकताले भरिपुर्ण हुनेहुँदा वन तरुलको माग अत्यधिक रहेको छ ।

तरुल बिषसगरी पहाडि क्षेत्र र गन्जि दाङको देउखुरी क्षेत्रमा उत्पादनहुने गर्दछ । माघी ढोकैमा आउँदा दाङका मुख्य सहरहरु भालुबाङ्ग, लमही, घोराही, तुलसिपुर, गढवा र हापुरेमा किनमेल गर्नेहरुको भिड लागेको छ । माघी थारुहरुको मा नभएर मगर, नेवार र हिन्दू धर्मावलम्बिहरुले मनाउनेहुँदा यो पर्वको आफ्नै सामाजिक महत्वरहेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्