घरमै अवैध हतियार बनाउने पक्राउ



गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैध रूपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।

प्रहरीले आइतवार तम्घासमा पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण बन्दोबस्तीका सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ ।

जिसीको घरबाट तीन थान भरुवा बन्दुक, मेडइन कोलकत्ता लेखिएको एक थान टोय एर गन, दुई थान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउन प्रयोग हुने रड, बारुद, पटका, बन्दुकको टेगर, सटगनको खोका, ब्याट्री, युरिया र आरन पङ्खालगायतका सामाग्री बरामद गरेको प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

प्रहरीले विशेष सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा इलाका प्रहरी कार्यालय पुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घरमा हतियार बनाउने कारखानासहित जिसीलाई पक्राउ गरेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्