संस्थागत परिवार नियोजन क्लिीनिकको प्रमुखमा पौड्ल



दाङ ।संस्थागत परिवार नियोजन क्लिीनिकको प्रमुखमा राधा पौडेल आउनु भएको छ । साविक राप्ती उपक्षेत्रिय अस्पतालमा रहेको ओ.सि.एम.सी.मा कार्यरत पौड्ल घोराही उप–महागरपालिका वडा नं. १४ मा रहेको संस्थागत परिवार नियोजन क्लिीनिकको प्रमुखको रुपमा सुरुवा भएको हो । संस्थागत परिवार नियोजन क्लिीनिकको आईतवार घोराहीमा सम्पन्न बैठकमा वडा अध्यक्ष शक्तिराम डाँगीले स्वास्थ्य क्लीनिका प्रमुख राधा पौड्ल र सिनीएर .अहेब गोपीलाल ओलीलाई टिका र माला लगाएर स्वागत गर्नु भएको थियो ।

बैठकमा बोल्दै वडा अध्यक्ष डाँगीले नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न आग्रह गर्नु भएको थियो । स्वास्थ्य क्लीनिकमा कार्यरत कर्मचारीलाई नीति,बिधी र सिद्धान्तका आधारमा चल्न आग्रह समेत गर्नुभयो । अध्यक्ष डाँगीले स्वास्थ्य क्लिीनिकमा उपचार गर्न कुनै आउने सेवा ग्राहीलाई छिटो छरितो सेवा दिन आग्रह गर्नुभयो । वैठक संस्थागत परिवार नियोजन क्लिीनिकका संयोजक तथा वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा सम्पन भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्