भ्रष्टाचार आरोपीत भन्छन् सन्यासलिन्छु, तर पिडीतको आरोप भने यस्तो थियो (भिडियो सहित)



दाङ । युवा संघ नेपाल ५ नं. प्रदेशका संयोजक मनोहर बुढाथोकीले आफुमाथि लगाइएको आरोपमा कुनैपनि सत्यता नभएको बताएका छन् ।आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै पूर्व नेकपा एमालेका दाङ जिल्ला सचिवालय सदस्य समेत रहेका बुढाथोकीले पार्टी भित्रकै स्वच्छ प्रतिपर्धा गर्न नसकेर केही नेताहरुले आफ्नो राजनीतिक चरित्र हत्या गर्न दुस्प्रयास गरेको भन्दै रोष प्रकट गरेका छन् ।

 

टिकाराम खड्कालाई दोषारोपन

युवा नेता बुढाथोकीले स्पष्ट रुपमा त्यसको दोषारोपन नेकपा एमाले दाङका पूर्व जिल्ला अध्यक्ष टिकाराम खड्का माथि लगाएका छन् ।‘देवी पुनको नामवाट नेकपा दाङको कार्यदललाई आएको भनिएको निवेदनलाई कार्यदलमै परामर्श नगरी कार्यदल सदस्य टिकाराम खड्काले बङ्गाएर बाहिर ल्याई मलाई बदनाम गर्न खोजियो यसवाट म निकै दुःखी छु,’ नेता बुढाथोकीको बक्तव्यमा भनिएको छ ।उनले यदी कुनैपनि निवेदन आएको भए पार्टी भित्र छलफल नै नगरी गोयवल्स सैलीमा प्रचार गर्नुले त्यो राजनीतिक पूर्वाग्रह थियो भन्ने स्पष्ट हुन्छ भन्ने आशय बक्तव्यमा उल्लेख गरेका छन् । उनले पार्टी भित्र स्वच्छ प्रतिपर्धा गर्न नसकेर आफ्ना विरुद्ध रचिएको प्रपञ्चलाई कुनैपनि विश्वास नगर्न आग्रह पनि गरेका छन् ।

यसैबीच नेता मनोहर बुढाथोकीले आफ्नो छोराको मुद्दा मिलाई दिन्छु भन्दै दश लाख रुपैंया लगेको आरोप लगाउँदै पार्टी कार्यदलमा निवेदन दिएका देवी पुनले पनि उक्त निवेदन फिर्ता दिन माग गरेकी छन् । नेता मनोहर बुढाथोकीको बक्तत्व सार्वजनिक भएकै दिन पुनको पनि बक्तव्य सार्वजनिक भएको छ । उनले त्यसमा आफुले भनेको भन्दा पनि धेरै प्रचार बाजी गरिएको तथा लुकेर भिडियो बनाई सार्वजनिक गरिएको भन्दै रोष प्रकट गरेकी छन् । उनले गलत तरिकाले निवेदनको प्रचार बाजी भएको भन्दै त्यो फिर्ता दिन नेकपा कार्यदल सदस्य टिकाराम खड्कालाई आग्रह पनि गरेकी छन् । तर उनले आफ्नो बक्तव्यको पहिलो लाईनमै आफु अन्याएमा परेको कुरा भने स्पष्ट उल्लेख गरेकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्