महिला टी-२० क्रिकेट : नेपालको लगातार दोस्रो जित



थाइल्याण्डमा जारी महिला टी(२० स्मास(२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रो पटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।
पहिले ब्याटिङ गरेको मलेसियाले नेपाललाई ६२ रनको लक्ष्य दिएको थियो । ६२ रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको नेपालले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिइन् । त्यस्तै सीता रानामगरले १६ तथा ममता चौधरीले अविजित नौ रन जोडिन् । मलेसियाको अना हमिजा र इनटान जामदहायु जाफरले एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ६१ रनको योगफल बनाएकोमा सोली टिजिनले १२ तथा युसिरिना यकोपले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

 

उक्त खेलमा नेपालकी सरिता मगर एक्लैले ४ विकेट लिइन् । नेपालले आज आफ्नो तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स ९युएइ०सँग प्रतिस्पर्धा गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्