किन गरीन्छ सोमबार शिवको पुजा, जानि राखौँ



उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ।

सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ। तर कुनै पनि पुजाको अगाडी गणेशको पुजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ।

यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्