इलाम स् अनशनरत डा। गोविन्द केसीको फोक्सो र छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। डा। केसीलाई सोमबार बिहान इलाम जिल्ला अस्पतालको ओपीडीमा भर्ना गरिएको उनका सहयोगी डा। रामकृष्ण आचार्यले जानकारी दिए।
आइतबार केसीको रक्तपरीक्षण तथा पिसाब परीक्षणबाट छाति र फोक्सोमा समस्या देखिएपछि उनलाई बिहानै अनशनस्थलबाट एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पुर्याइएको हो। चिकित्सकहरूले उनको स्वास्थ्यबाहे विस्तृत बताएका छैनन्।
स्वास्थ्य शिक्षा सुधार लगायतका ६ वटा माग राखी गत बुधबारदेखि उनी अनशनमा बसेका हुन्। आज अनशनको छैठौँ दिन हो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।