नेपाल लाईफ द्वारा मृत्यु दावि भुक्तानी



 

सैघाली खवर
सल्यान , साउन २६ ।   नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड ले अाफना विमित क्षत्रेश्वरी गाउपालिका वडा नं ७ जिताठान सल्यान निवासी डिल्ली बहादुर बूढाथोकी को मुत्युदावीभुक्तानी उनकी श्रीमति तिला बुढाथोकीलाई सात लाख एघार हजार छसय रुपैयाको चेक हस्थान्तरण गरेको छ । करिब तिन बर्ष अघी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा डिल्ली बहादुर बुढाथोकी ले छ लाखको जिवन विमा गरेका थिए ।

 

गत २०७४ जेठ ९ गते विरामी भइ उनको मृत्यु भएको थियो । उनको २ बर्ष पछी कालगतिले मृत्यु भएकाले विमाङ र ३ किस्ताको वोनस वापत ७११६०० रूपैयाँ कम्पनिले उपलब्ध गराएको हो । नेपाल लाईफ इन्स्योरेन्स दाङ शाखा प्रमुख यमलाल न्यौपाने ले मृतक डिल्ली बहादूर बुढाथोकी को घरमा गई उनकी श्रीमति तिला बुढाथोकीलाई चेक हस्थान्तरण गर्नुभएको थियो । शाथमा सल्यान उप शाखा प्रमुख विनोद कुमार शर्मा , एजेन्सी मेनेजर मानबहादुर मल्ल , मंगलसिहं रावत र चन्द्र बहादुरपुनको पनि उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्