कोरियन भाषा परीक्षा अब अनलाइनबाटै हुने



सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको ईपीएस शाखाका प्रवक्ता शोभाखर भण्डारीले जानकारी दिए। अचेल कोरियाली भाषा परीक्षा कागजमा लिने चलन छ।

‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौँ। त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमा परीक्षा दिनुपर्नेछ’, भण्डारीले भने। उनका अनुसार हाल आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमा परिणत गरिएको छ।

अर्को वर्ष सन् २०२० देखि अनलाइनबाटै ईपीइस परीक्षा दिने व्यवस्था हुने उनले बताए। नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार २००८ देखि ईपीएस प्रणलीमार्फत रोजगारीका लागि नेपाली श्रमिक त्यहाँ जान थालेका छन्।

उक्त प्रणालीबाट मंसिर मसान्तसम्म ५४ हजार नेपाली श्रमिक कोरिया गएका छन्। यो खबर नागरिक दैनिकमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्