बरामद ३३ किलो सुन नेपाल ल्याउन कूटनीतिक पहल सुरु



काठमाडौ,पुस ३० । सरकारले भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ तीन नेपालीलाई अनुसन्धानका लागि नेपाल ल्याउन कूटनीतिक पहल थालेको छ ।बरामद सुनसँगै पक्राउ परेका तीनजनालाई नेपाल ल्याउन गृह मन्त्रालयले परराष्ट्रलाई पत्र लेखिसकेको छ । कूटनीतिक च्यानलबाट आउन भारत सरकारले भनेपछि गृहले यस्तो पहल थालेको हो ।

मन्त्रालयका एक अधिकारीले भनेः‘कोलकातामा ३३ केजी सुनसँगै पक्राउ तीन नेपालीको सम्बन्धमा हामीले बुझ्न खोजेका हौँ । घटनाबारे थप बुझ्न प्रहरी नै त्यसतर्फ खटाउन पहल पनि भएको हो ।’

भारत सरकारले कूटनीतिक च्यानलबाट आउन भनेपछि गृह मन्त्रालयले परराष्ट्रलाई पत्र लेखेको छ । अब परराष्ट्रमन्त्रालयले कुटनीतिक पहल सुरु गर्नेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्