नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । लामो समयदेखी प्रेममा रहेको यो जोडीले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका हुन् ।
नायिका राउतले बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी हुन् ।
उनको यो सरप्राइजले उनका फ्यानहरु खुसी भएका छन् । उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ–‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।’
बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । संजोग कोईराला र बर्षा राउतसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।