बाह्रकुने मेला स्थल हुने भयो सफा



गोविन्द खड्का
घोराही । भोलि माघ १ गते लाग्ने बाह्रकुने मेलामा पनि फोहर व्यवस्थापनका लागि डस्टविनहरु राखिने भएको छ । घोराही ग्याँस उपसमिति र कालिका निर्माण सेवाले १५ थान डस्टिविन आईतवार बराह क्षेत्र समितिलाई हस्तान्तरण गरेका छन् ।

बराह क्षेत्र समितिका का वा अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षता एवं घोराही ग्याँस समितिका अध्यक्ष सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ग्याँसले ११ र कालिकाले चार थान डस्टवीन हस्तान्तरण गरेको थियो । आवश्यकता महशुस गरेर डस्टविन सौजन्य गरेको ग्याँस उपसमितिका सचिव यादव श्रेष्ठले जानकारी दिनुभयो ।

साविक घोराही ६ का सरसफाई समितिका उपाध्यक्ष धर्म हमालले धार्मिक स्थल सफा सुग्घर राख्नु पर्छ । जथाभावि फोहर, धार्मिक स्थल सफा हुनुपर्दछ । संस्थाले डस्टवीन दिएर सजिलो बनाएको छ । धार्मिक वराह क्षेत्र मेला व्यवसथपन समितिको अनुगमन समितिव सदस्य समेत रहनुभएका हमालले जथाभावि फालेका छन् । सभ्य र संस्कार सिकेका मान्छेले पनि फोहर फाल्ने ठाउँछैन ।

पाँचै जिल्लाका भक्त जन आउँछन् । आधुनिक जनमानामा फोटो खिच्छन् । सवैतिर प्रचारीत हुन्छ । त्यसैले पनि ईज्जत जोगाउन पर्छ । सरसफपाइमा जिद्धि गरेको छु । डस्टविनले सहयोग गर्ने छ । समितिले गरेको पहलको प्रशंसा गर्नुभयो । आफुलाई लागेको खुल्दुली मेटाईदिएको भन्दै सहयोगीहरुलाई धन्यावाद दिनुभयो ।

सरसफाइका लाग मेला स्थलमा सकिन्छ भने सफा गरौ सकिँदैन भने फोहर नगरौँ लेखिएको व्यानर टाँगिएका छन् । त्यसले पनि सचेतना फैलाउने वराह क्षेत्र समितिका सचिव भिमबहादुर केसीले जानकारी दिनुभयो । मेला स्थलमा ठाउँ ठाउँमा डस्टि विन राखिने छन् ।
तारले बाँधेर, किला ठोकेर बलियो गरि राखिने केसिको भनाई छ । आफुलेपाएक पर्ने स्थानमा फोहर खसाल्ने मेला भर्नआएकालाई सुविधा मिल्ने छ । मेला पछि पनि पिकनिक,साधारणसभा लगाएत विविध कार्यक्रम हुने भएकाले लामो समय समम डस्टविन रहने छन् । सँधैका लागि फोहर व्यवस्थापन गर्ने उपाए आएको केसिकोभ नाई छ ।

धेरै मान्छे सभ्य छन् । डस्टवीन नदेखे गोजीमा हाल्नेहरुको संख्या पनि बढिरहेको छ । धार्मिक एव पर्यटकियव स्थललाई फोहरले अपवित्र बनाउनुहुन्न भन्ने धेरैको धारणा छ । घोराही उपमहानगरपालिका र १३ नम्बर वडा अध्यक्षा रवि घर्तिलाई थप डस्टवनिका लागि अनुरोध गरीएको समितिले जनाएको छ । केहि मेला स्थलमा आईसकेका छन् । सोमवार दिनभरी आवश्यक ठाउामा डस्टविनराखिने छ ।

समितिले आवश्यकता महसुस गरेर अलकत्राका डाम पनि मेला स्थलमा डस्टविनको रुपमा रखेको सचिव केसीले िजानकारी दिनुभयो । समितिले आफै खरीद गरेर भएपनि राख्ने सोँच बनाएको छ । मेलाको भोलिपल्ट बृहत सरसफाइ कार्यक्रम चलाएर सफ ागर्ने चलन छ । गत बर्ष लालि गुराँस माविका विद्यार्थीले मेला पछि को फोहर सरसफइ गरेका थिए । प्रिन्सीपल केशर मान सहित शिक्षकहरुले पनि झाडु लागएका थिए । यस वर्ष पहिल्यै देखि सफा राख्न खोजिएको सचीव केसिको भनाई छ । त्यतिकै जथा भावि फ्याक्नि बाट रोक्नने छ ।

आवश्यक परे थप सहयोग गर्ने कालिका निर्माण सेवका दिपक केसीले प्रतिवद्धता जनाउनु भएको छ । आवश्यकता अनुसार परिपुर्ति गर्न सकिने वराक्षेत्र समितीले जनाएको छ । यसपटक २० वटाको हारा हारीमा डस्टिवीन राख्न खोजिएको छ । अघिल्लो वर्ष देखि दूई चारवटा ठाउँमा डस्टविन राखेर जनचेता विकास भएको पुष्टि गरीएको छ। आगामि वर्ष देखि भुईमा फोहिर खसाल्नै नदिने व्यवस्स्था मिलाउने योजना रहेको मेला समितिले ाजनकारी दिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्