कालिमाटी तरकारी बजारमा माघेसंक्रान्तिका लागि तरुलको मूल्य निर्धारण



काठमाडौं । कालिमाटी फलफूल ताथा तरकारी बजार कालिमाटीले माघेसंक्रान्तिलाई लक्षित गरेर तरुलको मूल्य निर्धारण गरेको छ ।
व्यामारीले जथाभावी मूल्य लिने भन्दै मूल्य निर्धारण गरेको हो । माघेसंघ्रान्तिलाई लक्षित गरेर उपत्यका बाहिरबाट १ हजार टन तरुल भित्रिएसँगै मूल्य निधारण गरेको हो ।


कालिमाटी तरकारी बजारमा अहिले प्रतिकेजी तरुलको मूल्य ५० रुपैयाँ रहेको श्रेष्ठले बताए । उनले भने, ‘तरुलको प्रकारअनुसार मूल्य पनि फरक–फरक छ ।

सबैभन्दा सस्तोमा सलार्हीको तरुल प्रतिकेजी ४० देखि ५० रुपैयामा बिक्री भइरहेको छ ।’ तर, खुद्रा बजारमा भने ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ ।
त्यस्तै उपत्यका बाहिरबाट माघेसंक्रान्तिका लागि बजारमा धेरै तरुतहरु भित्रिएको जनाइएको छ । कालिमाटी तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलका अनुसार अघिल्लो वर्षको तुलनामा तरुलको आयात बढेको छ । उनले भने, ‘गत वर्ष ६ सय ८८ टन तरुल भित्रिएकोमा यो वर्ष ९ सय ६८ टन भित्रिएको छ ।’

पछिल्लो समय वर्षभरि तरुलको आयात हुने भए पनि पुस महिनामा मात्रै ९५ प्रतिशत आयात हुने तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठले बताए । उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष आयात बढेको छ,’ उनले भने, ‘आधाभन्दा धेरै सर्लाहीबाट आएको छ ।’

काठमाडौंमा सर्लाहीबाहेक छिमेकी जिल्ला धादिङ, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी तथा धरान र सुनसरीसम्मबाट तरुल आयात हुने गरेका छन् ।

सामान्यतया घर तरुल, वन तरुल, सिमल तरुल, हात्तीपाइले तरुल, सेतो तरुल, रातो तरुल काठमाडौं भित्रिने गर्छ । यस्तै, सर्लाहीबाट आउने तरुललाई भने तराईको तरुलको रूपमा चिनिएको श्रेष्ठले बताए ।

उनले माग र पूर्तिका आधारमा नै तरुलको मूल्य राखिएको जानकारी दिँदै यो वर्ष मागको तुलनामा बढी तरुल आयात भएकाले मूल्य कम भएको बताए । माघेसंक्रान्तिलाई नै लक्षित गरेर १ सय ३० टन पिँडालु, १ सय ५० टन सख्खरखण्ड पनि काठमाडौं भित्रिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्