इरानमा सोमबार कार्गो विमान दुर्घटना हुँदा १० को मृत्यु भएको छ ।
धावनमार्गमा विमान दुर्घटना हुँदा १० को मृत्यु भएको स्थानीय सञ्चारमाध्यहरुले जनाएका छन् । सञ्चारमाध्यमले जनाएअनुसार मध्यमआकारको ‘वोइङ्ग ७०७’ जहाज किर्गीस्तानबाट यात्रा सुरु गरेको थियो ।
अलबोर्ज प्रदेश नजिकै रहेको पायाम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।