भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरियाे



भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बहराइनसाग पराजित भएपछि भारतको यात्रा समाप्त भयो ।

नियमित ९० मिनेटसम्म बहराइनलाई गोलरहित बराबरीमा रोकेको भारतले इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टी ब्यहोर्न पुग्यो । पेनाल्टीलाई जमल रशिदले गोल गरेपछि भारत समूह चरणबाटै घर फर्किने पक्का भएको हो ।

बहराइनलाई बराबरीमा रोकेको भए भारत थाइल्याण्डलाई गोलअन्तरमा पछि पार्दै नकआउट चरणमा पुग्ने थियो । यसै समूहको अर्को खेलमा थाइल्याण्ड र घरेलु यूएईले १–१ गोलको बराबरीमा अंक बाँढेका छन् ।

यूएई पाँच अंक बटुल्दै समूहको विजेता बन्यो भने थाइल्याण्ड र बहराइनको चार–चार अंक भयो । तर गोल अन्तरमा बहराइन पछि पर्‍यो । भारतको भने तीन अंक मात्र छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्