काठमाडौं: इलाम पुगेर १६ औँ अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। स्वास्थ्य अवस्था विग्रिएपछि शहरी विकास परियोजनाको कार्यालयमा अनशनरत डा केसीलाई इलाम जिल्ला अस्पतालमा सारिएको थियो।\
हाल उनको मुटुको चाल अनियमित हुनुका साथै दायाँ फोक्सोमा निमोनिया देखिएको छ भने रगतमा चिनिको मात्र कम हुँदै गएको इलाम जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा व्रिजेन्द्र कुमार साहले बताए।
उनले भने ‘चिसोको कारण र शरिरको रोग प्रतिरोधात्मक क्षमता घट्दै गएपछि उहाँको स्वास्थ्य अवस्था खस्किदै गएको छ। यस्तो समस्या देखिएपछि सामान्यतया बिरामीलाई आइसीयूमा राखेर उपचार गर्नु गर्ने हुन्छ।’
हाल डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण हुनुका साथै रोगसँग लड्ने क्षमता दिनहुँ कम भइरहेको डा. साहले बताए। उनले भने ‘रगतमा चिनीको मात्रा कम भएको छ मुटुको चाल जाँच गर्दा यस्तो बिरामीलाई तुरुन्त आइसियु र सिसियु केयर चाहिन्छ।
इलाममा यो सुविधा छैन।’ हाल डा. केसीको आवाज नै बुझन छाडिएको। उनी आफै उठेर बस्न सक्ने अवस्थfमा नरहेको चिकित्सकहरुले बताए छन्।
१५औँ अनशनका बेलामा आफूसँग भएका सहमति कार्यान्वयन गर्नुको सट्टा सरकारले शिक्षा तथा स्वास्थ्य समितिबाट सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै डा. केसी १६ औँ अनशन बसिरहेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।