काठमाडौं । दुबै हात र देब्रे खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीलाई सोमबार समाधान नेपालद्वारा आर्थिक सहयोग गरिएको छ। गत जेठ २५ गते मिल सञ्चालकले विद्युत चोरी गरि मिल चलाउन लाइन जोड्दा दुर्घटना भएर दुबै हात र देब्रे खुट्टा गुमाएका कृष्ण ओलीको परिवारलाई
समाधान नेपालद्वारा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । समाधान नेपालले समाजमा रहेका विभिन्न असहाय र पीडितहरुलाई सहयोग गर्न हरदम तयार रहेको समाधान नेपालका पदाधिकारीहरुले जनाएका छन् ।
समाधान नेपालका अध्यक्ष राजन रेग्मीले सहयोग हस्तान्तरणका क्रममा बोल्दै साथ र सहयोगको लागि तत्पर तयार रहने जनाएका थिए । उनले समाजमा सामाजिक कार्य गर्न निस्वार्थ भावना हुनु जरुरी हुने जनाए । उनले भने,’यदि सेवा गर्नु नै छ भने पुर्ण समर्पित भावका साथ निस्वार्थ भावले हुन जरुरी छ यदि हामी आफ्नो निजि स्वार्थको लागि सेवा गरेको नाटक गर्छौ भने त्यस्को कुनै औचित्य हुदैँन ।’
अध्यक्ष रेग्मीले समाधान नेपाललाई सदैव साथ तथा सहयोग गर्ने व्यक्तित्वहरु – वरिष्ठ नायिका पुजा शर्मा , ओसो फिल्म्सका सम्पादक बिरेन्द्र धामी , वरिष्ठ समाजसेवी दुर्गा सापकोटा , कान्छा सामाजिक अभियान्ता केपि खनाल , समाजसेवी राधिका सापकोटा,राप्रपा रास्ट्रवादिका अध्यक्ष रबिन थापा एंव समग्र टिमलाई हृदय देखि धन्यवाद ज्ञापन गर्दै सकारात्मक कार्यको लागि समग्र नेपालीबाट सदैव साथ र सहयोगको अपेक्षा गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।