छोरीलाई विष खुवाएर आमाले गरिन् आत्महत्या



धनुषामा विष सेवनबाट एक जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। जनकपुरधाममा उपमहानगरपालिका ४ की एकै परिवारका आमा र दुई वर्षीया छोरीले विष सेवन गरेपछि आमाको मृत्यु भएको छ भने छोरीको अवस्था चिन्ताजनक रहेको छ।

विष सेवनबाट जनकपुरधाम उपमहानगरपालिका ४ की २५ वर्षीया सीमा शर्माको मृत्यु भएको छ। यस्तै उनकी छोरी गौरी मिश्रको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मंगलबार राती सीमाले विष सेवन गरी छोरीलाई पनि विष सेवन गराएको परिवारिक स्रोतले जनाएको छ।

विष सेवनपश्चात् सीमाका श्रीमान समिर मिश्र र आफन्तले उपचार गराउन जानकी हेल्थ केयर लगे पनि त्यहाँ चिकित्सक नभएका कारण राम जानकी हस्पिटलमा लाने क्रममा सीमाको मृत्यु भएको प्रहरीले जनाएको छ। यता श्रीमति सीमाको मृत्युपश्चात श्रीमान समिर मिश्र फरार भएका छन् भने प्रहरीले सीमाकी सासु किरण मिश्रलाई पक्राउ गरेको छ। प्रहरीले कानुनी प्रक्रिया अपनाएर पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल राखेको जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्