रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार लेख्ने अनलाइनका सञ्चालक पक्राउ



काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको आरोपमा एक अनलाइन सञ्चालक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक घर भइ काठमाडौंको शान्तिनगर बस्दै आएका २४ वर्षीय श्याम रोका पक्राउ परेका हुन् । महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार रोका नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक भएको जनाइएको छ ।

उनले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ दर्शनलाई जोडेर भ्रामक र अश्लील र चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको सिंहको भनाइ छ । उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको जानकारी दिइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्