ऐतिहाँसिक धार्मिक स्थलमा दर्शनार्थीहरुको भिड



बिष्णुकुमार देवकोटा
दाङ । दाङको ऐतिहाँसिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा माघी मेला सम्पन्न भएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रकुने दह अन्तर्गत पर्ने १२ भाई बराहहरु मध्ये कान्छोभाई काना (काना नसुन्ने) बराह क्षेत्रमा धार्मिक मेला लागेको छ ।

यसैगरी दाङकै लमही नगरपालिका वडा नं ९ रिहार धाममा (बगारबाबा) क्षेत्रमा पनि ठूलो मेला लागेको छ । किम्बदन्ति अनुसार १२ भाई बराहहरुमध्ये कान्छोभाई काना बराहले मगरको छोरी संग विवाह गरेको हुँदा ऐतिहाँसिक कालदेखि माघको १ गते बराह क्षेत्रमा मेला लाग्ने गर्दछ ।

धार्मिक जनविश्वास अनुसार बराहसँग भाका र कबुल गरेमा मनोकामना पुर्ति हुने र विशेष गरी छोरा को अभिलाषा गर्ने दम्पतिहरुको इच्छा पुर्ति हुने जनविश्वास रहिआएको छ ।

पौष महिनादे खि माघ महिना सम्म दैनिक जसो दर्शनार्थीहरुको भिड हुने बराह क्षेत्रमा पशुवलि स्विकार्य छ । मनोकामना का लागिथ गरीएको भाकल पुरा भएपछि भेंडा, हाँस, लोकलभाले, परेवा लगाएतका पशुपंक्षिहरुको वलि दिने गरीन्छ ।

थारुसमुदायको सबैभन्दा ठूलो पर्व माघि, मगर समुदायको माघेसक्रान्ति र हिन्दू धर्मावलम्बिहरुको समेत मकरसंक्रान्तिको रुपमा साझा पर्वको रुपमा बिकास भएको माघि पर्वमा तरुल, गन्जि, उँखु, सुन्तला, ढिक्रि, बदम, चाकु, सेलरोटि प्रिय मानिन्छन् ।

परापुर्वकालमा बराहक्षेत्र जलमग्न भएको र १२ कोणबाट पानि प्रबेस गरेका कारण यस क्षेत्रको नाम बाह्रकुने दह नाम रहन गएको स्थानीय को भनाई छ ।

दह क्षेत्रको बिकासका लागि प्रदेश नं ५ सरकारबाट २ करोड रुपैयाँ बिनियोजन भएको छ भने । पिकनिक टकोरुपमा समेत बिकास भईरहेको बराहक्षेत्रको बिकास निर्मााणका लागि सकृय रही प्रचार प्रसार गर्नु आजको आवस्यक्ता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्