रणबीर सिंह र दीपिका पादुकोणको विवाह भएको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यो जोडीको चर्चा रोकिएको छैन । विवाहपछि पनि यी दुई कुनै न कुनै कारणले चर्चामा छाइरहन्छन् । हालै भारतीय मिडियासँगको कुराकानीमा विवाहपछि उनको जीवन परिवर्तन भएको बताएकी छिन् । साथै, रणवीरले विवाहपछि आफूले तीन काम गर्न नपाउने बताएका छन् । उनले यसबारे एक अन्तर्वार्तामा बताएका हुन् ।
यी तीन काम गर्न पाउँदैनन् रणवीरः
यसबारे उनले भने, ‘सुरुमा त म बेलुका अबेरसम्म घर बाहिर बस्न पाउँदिनँ । दोस्रो, म खाना नखाई घर छोड्न पाउँदिनँ र तेस्रो, म दीपिकाको फोन मिस गर्न पाउनेछैन ।’
दीपिका रणवीरको विवाह सन् २०१८ को मुम्बईमा आयोजित भव्य विवाहमध्येको एक थियो । दुबैले इटलीको लेक कोमोमा विवाह गरेका थिए ।एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।