छ वर्षमा पनि नबनेको यो पुल…



परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन।

सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ। वर्षात्मा खोला तर्दा जोखिम हुन्छ। सो खोला तर्ने क्रममा बाढीले बगाउँदा दुई जनाको ज्यान गइसकेको छ।

विसं २०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदेयश त्रिपाठीले उक्त पुलको शिलान्यास गरेका थिए। ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाइ भइरहेको सरावल–७ का वडाध्यक्ष ह्रयात खाँ बताउछन्।

उनले भने, “ठेकदारले बीचमै काम छाडेर गएको छ, हामीले पुल निर्माणका लागि पटकपटक पहल गर्दैआएका छौँ। ठेकेदारले बेवास्ता गर्दै आएको छ।” कूल रु तीन करोड ६६ लाखको लागतमा बन्ने उक्त पुलको अहिलेसम्म चार पिल्लर मात्र ठड्याइएको छ। रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्