संशोधन विधेयक अगाडि बढाउने सहमति, निर्वाचनका लागि राजपा तयार



सैघाली खबर
।काठमाडौं, २७ साउन । कांग्रेस, माओवादी केन्द्र र राजपा नेपालबीच संविधान संशोधनलाई अगाडि बढाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा संशोधन विधेयकलाई अगाडि बढाउने निर्णय भएको हो ।

राजपा नेपालको अध्यक्षमण्डलका अध्यक्ष शरतसिंह भण्डारीले विधेयकलाई सदनमा निर्णयार्थ पेश गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले यो सहमतिसँग निर्वाचनको वातावरण बनेको प्रतिक्रिया दिनुभयो ।

‘हामी कहिल्यै पनि निर्वाचनको बिरोध थिएनौँ’, उहाँले भन्नुभयो, ‘विधेयक अगाडि बढाउने सहमतिसँगै २ नं। प्रदेशमा तेस्रो चरणको निर्वाचनमा सहभागी हुने वातावरण बनेको छ ।’

संशोधन विधेयक अगाडि बढाएसँग राजपा नेपालले पनि निर्वाचनमा सहभागिता जनाउने सहमति जनाएको नेताहरूले बताएका छन् ।

विधेयक पारित भएन भने के हुन्छ भन्ने प्रश्नको जिज्ञासामा अध्यक्षमण्डलका अध्यक्ष भण्डारीले भन्नुभयो, ‘विधेयक फेल हुने अवस्था हामीले देखेका छैनौँ । जसले विधेयक फेल गराउन भूमिका खेल्छ त्यो मधेसी जनताको पक्षमा छैन भन्ने देखिनेछ । त्यसको अनुहार उदाङगो भएर आउनेछ । मधेसी जनताले चिन्ने छन् ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्