गाडी दुर्घटनामा घाइते भएकी शान्ती श्रीले भनिन् ‘आमा’



बोल माया गीतबाट चर्चामा आएकी एक प्रतिभाशाली गायिका हुन् शान्ती श्री परियार । उनको आवाजमा अर्को उत्कृष्ट लोक गीत “आमा” बजारमा आएको छ।

सितल सिजन डिजिटलले बजारमा ल्याएको उक्त गीतमा नारीलाई गरिने अपहेलना र नारी माथि भएको गलत गतिविधिलाई बाहिर ल्याइएको छ भने आमाको मायालाई प्रत्यक्ष दर्शाइएको छ।

जीवन मल्ल ठकुरीको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा लय जीवन मल्ल ठकुरी र शब्द राज कुमार बगरको रहेको छ। चर्चित ३ मोडल सगुन साही, संचिता साही र सारिका केसीको दमदार अभिनय रहेको छ।

कपिल लामाको निर्देशन र सुरेश श्रेष्ठको छाँयाङ्कनमा तयार गीतको भिडियोको सम्पादन भने सुजन साहीले गरेका हुन् । यस मार्मिक गीत गायिका शान्ती श्री परियारको गाडी दुर्घटनामा पर्नु एकदिन अघिमात्र सार्वजनिक गरिएको थियो ।

उनी हिजो अर्थात माघ १ गते कपिलवस्तुको गोरुसिंगे देखि ५ किलोमिटर अगाडि सवार कार दुर्घटनामा परेकी थिइन् भने हाल उनको काठमाडौँको एक अस्पतालमा उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्